अहिले देशका पहाडी भूभागमा घाम लाग्दै बादल लागिरहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै तथा पहाडी भूभागका एक-दुई ठाउँमा हल्का हिउँ र पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार बुधबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई ठाउँमा पानी र हिउँ पर्ने सम्भावना छ।
यस्तै राति तराई भूभागका थोरै ठाउँमा तुँवालो लाग्नेछ । देशका हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने पुर्वानुमान गरिएको छ । तराई भूभागको मौसम भने सामान्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागका एकदुई ठाउँमा हल्का पानी र हिउँ पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसकै कारण हिउँ र पानी परेको महाशाखाले जनाएको छ ।
प्रकाशित: १३ फाल्गुन २०८२ १४:५६ बुधबार





