१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

सर्पको टोकाइबाट बालकको मृत्यु

सर्पको डसाइबाट झापाको शिवसताक्षीमा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–७ लालपानी बस्ने मनकुमार तामाङका पाँच वर्षीय छोरा सक्षम तामाङ रहेका छन्।

घर नजिकैको बाँसको झ्याङ नजिक खेलिरहेको अवस्थामा उनको बायाँ खुट्टामा विषालु गोमन सर्पले टोकेको थियो। खुट्टामा चोट लागेर बेहोस भएपछि बालकलाई उपचारका लागि विर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको थियो।

बालक खेलेको ठाउँ नजिकै गोमन सर्प फेला परेपछि सर्पले डसेको शङ्का गरिएको थियो। शुक्रबार साँझ ५ः०० बजेतिर नेपाली सेनाको सर्पदंश केन्द्र चारआलीतर्फ लैजाने क्रममा ती बालकको बाटोमा नै मृत्यु भएको थियो।

प्रकाशित: ८ कार्तिक २०८२ १२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App