रौतहटको गुजरा नगरपालिकामा इँट्टा भट्टाको कम्पाउण्डमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ।
गुजरा नगरपालिका–७ पल्टुवा बस्ने राज कुमार रामका १२ वर्षीय छोरा सतेन्द्र रामको बिहीबार दिउँसो मृत्यु भएको हो।
स्थानीय बिके इँट्टा भट्टाको कम्पाउण्डभित्र रहेको पोखरीमा नुहाउने क्रममा बालक अचानक डुबेका थिए। पोखरीमा डुबेर अचेत भएका उनलाई तत्काल उद्धार गरिए पनि ज्यान जोगाउन नसकिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा खटिएको स्थानीय प्रहरी टोलीले शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि पठाएको छ। बालकको अकालमै भएको मृत्युको विषयमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: १८ असार २०८३ १९:१८ बिहीबार





