१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

विद्युत विवाद वार्ताबाट समाधान गर्न मुख्यमन्त्री कार्कीको आग्रह

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विद्युत प्राधिकरण र निजी क्षेत्रसँग देखिएको समस्या वार्ता र संवाद मार्फत टुंग्याउन आग्रह गरेका छन्। शुक्रबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै मुख्यमन्त्री कार्कीले उद्योगहरूमा विद्युत लाइन काटिँदा उत्पादन र रोजगारीमा असर परेको उल्लेख गर्दै वार्ता र संवाद मार्फत समस्या समाधान गर्न आग्रह गरेका हुन्।

उद्योग बन्द हुँदा अर्थतन्त्रमा मात्र होइन रोजगारीमा समेत असर परेको मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन्। नेपालमा आर्थिक क्षेत्रमा देखा परेको समस्या क्रमश समाधान हुँदै गइरहेको परिवेशमा गत भदौ २३ र २४ गते भएको प्रदर्शनले निजी उद्योग, सुपरमार्केट, कल कारखाना,सञ्चार क्षेत्रमा तोडफोड र आगजनी भई उत्पन्न भएको असुरक्षाका कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरू निरुत्साहित हुने अवस्था सिर्जना भएको कार्कीको धारणा छ।

उनले वार्ता र संवाद गर्दै सुरक्षा र उद्योग सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेका छन्। अर्थतन्त्रको महत्वपूर्ण स्तम्भ निजी क्षेत्र रहेकाले राज्य अभिभावक बन्नुपर्नेमा मुख्यमन्त्री कार्कीको जोड छ। निजी क्षेत्र र सरकारबीच लामो समयसम्म असमझदारी रहनु दुखद हुने चर्चा गर्दै मुख्यमन्त्री कार्कीले यसको बहुआयामिक असरलाई मध्यनजर गरी उपयुक्त निकास निकाल्न सरकारलाई कार्किको सुझाव छ।

प्रकाशित: १४ कार्तिक २०८२ १०:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App