४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

६ करोड अपचलनको आरोपमा मार्गदर्शन सहकारीका अध्यक्ष पक्राउ

बचतकर्ताको करोडौं रकम अपचलनको आरोपमा प्रहरीले रुपन्देहीको सिद्धार्थनगरमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोक केसीलाई नियन्त्रणमा लिएको छ । 

करिब १५ महिनादेखि सम्पर्कविहीन अवस्थामा रहेका केसीलाई प्रहरीले भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो । ३४ वर्षीय उनी २०८१ वैशाख देखी फरार थिए ।  

रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कमा नआएका उनीमाथि बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार हिनामिना गरेको आरोप छ ।  

केसी दोलखाको मेलुङ गाउँपालिकाबासी हुन् ।

प्रकाशित: १५ श्रावण २०८२ १६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App