१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

सरकारी वेबसाइटमा भद्रगोल तथ्याङ्क

कोशी प्रदेश सरकारको आधिकारिक पोर्टल र विराटनगर महानगरपालिकाको वेबसाइटमा रहेका जनसंख्या सम्बन्धी तथ्याङ्कहरू ।

सरकारी वेबसाइटहरूमा भद्रगोल तथ्याङ्क भएको पाइएको छ । कोशी प्रदेश सरकारको आधिकारिक पोर्टलमै कोशी प्रदेशको जनसंख्या अध्यावधिक नगरेको पाइएको हो ।

कोशी प्रदेश सरकारको आधिकारिक पोर्टलमा  कोशी प्रदेशको कुल जनसंख्या कतै ४५ लाख ३४ हजार ९ सय ४३ लेखिएको छ भने त्यही पोर्टलमा कतै ४९ लाख ६१ हजार ४ सय १२ लेखिएको पाइएको छ । कोशी प्रदेश सरकारको पोर्टलमा मात्रै हैन विराटनगर महानगरपालिकाको आधिकारिक वेबसाइटमा पनि जनसंख्या सम्बन्धी तथ्याङ्क सही नराखेको पाइएको छ ।

विराटनगर महानगरपालिकाको वेबसाइटमा महानगरपालिकाको जनसंख्या २ लाख १४ हजार ६ सय ६३ लेखिएको छ। तर, राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार विराटनगर महानगरपालिकाको कुल जनसंख्या २ लाख ४३ हजार ९ सय २७ रहेको उल्लेख छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार कोशी प्रदेशको कुल जनसंख्या ४९ लाख ६१ हजार ४ सय १२ रहेको छ । प्रदेश सरकार र स्थानीय तहहरूले आफ्नो  वेबसाइटहरू समय, समयमा अध्यावधिक नगर्ने, अध्यावधिक गर्दा पनि कतै गर्ने कतै नगर्ने गरेका कारण आधिकारिक वेबसाइटहरूका तथ्यांकहरू समेत प्रयोग गर्दा ध्यान पु¥याउन र पुनः परीक्षण गर्न आवश्यक देखिएको छ । सरकारी निकायले आधिकारिक पोर्टल भनेर तथ्याङ्कहरू अध्यावधिक नगर्दा आम सर्वसाधारण र नीति निर्माताहरूलाई समेत अलमलमा पार्ने देखिएको छ ।

प्रकाशित: २७ असार २०८२ १८:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App