२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

जेन-जी आन्दोलनमा मृत्यु भएका क्रिकेटर श्रेष्ठको सम्झनामा दीप प्रज्वलन

जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेट खेलाडी सुलोभराज श्रेष्ठको स्मृतिमा दीप प्रज्वलन गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको संघको आयोजनामा मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली दिएको हो।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, पत्रकार मञ्चको अध्यक्ष निरन्जन अधिकारी, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र विभिन्न खेलका खेलाडीले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

त्यस्तै जेन-जीको आन्दोलनका क्रममा फुटबल खेलाडी पवन शाही र नेपाल रग्बी संघका केन्द्रीय सदस्य सन्त कुमार मेहता गोली लागेर ट्रमा सेन्टरमा उपचारार्थ छन्। 

प्रकाशित: ३१ भाद्र २०८२ १८:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App