पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–२, ऐनापहरानजिक यात्रुबस दुर्घटनामा परेको छ। दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन । ती मध्ये दुईजना यात्रको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक टेकप्रसाद सुवेदीका अनुसार गोरखाबाट नारायणगढतर्फ गईरहेको ग २ ख १०७७ नम्बरको यात्रुबाहक बस ऐनापहरमा दुर्घटनामा परेको हो। बस तीब्रगतिका कारण दुर्घटनामा परेको उनले बताए।
‘बस दुर्घटनामा पर्दैगर्दा चारजना यात्रुले हाम फालेर ज्यान जोगाएका रहेछन। अरु दुईजना गम्भिर घाईते भएका छन। उनीहरुलाई अस्पताल पठाइएको छ,’ उनले भने, ‘बसको अघिल्तिरको भाग भुइँमा दबेकोेले अरु यात्रु रहे नरहेको भन्न सकिने अवस्था छैन।’ बसको अघिल्तिरको भाग तानेर उद्धार गर्नका लागि क्रेन झिकाएको समेत उनले बताए।
‘बसमा धेरै यात्रु त थिएनन। तर, अघिल्तिरको भाग दवेकोले यात्रु रहे नरहेको यकिन गर्न सकिएन,’ उनले भने, ‘बसका चालक नियन्त्रणमा छन। बसमा ६ जना मात्र यात्रु रहेकोले थप क्षति नभएको हाम्रो अनुमान हो।’
प्रकाशित: १८ श्रावण २०८२ १६:४५ आइतबार





