काठमाडौंको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बा५ख४२४७ बसमा आगो लागेको घटनामा चालक घाइते भएका छन्।
घाइते हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका छन्। काठमाडौं उपत्यका ट्राफिक कार्यालय प्रमुख एसएसपी सुरेश काफ्लेका अनुसार आगलागीका क्रममा बसमा चालक मात्रै थिए। घाइते चालकलाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पताल लगिएको उनले बताए।
बसमा आगो कसरी लागेको भन्नेबारे अनुसन्धान भइरहेको काफ्लेले बताए। प्रारम्भिक रूपमा चालक आफैँले आगो लगाएको हुनसक्ने देखिए पनि सीसीटीभी फुटेज र अन्य प्रमाण हेरेपछि मात्रै वास्तविक कारण खुल्ने उनले बताए।
‘बसमा आगो कसरी लाग्यो, कसले लगायो वा आफैँले लगायो भन्नेबारे अनुसन्धान भइरहेको छ। थप अनुसन्धानपछि सत्यतथ्य खुल्छ,’ काफ्लेले नागरिकन्युजसँग भने।
उनका अनुसार बस पूर्ण क्षति पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो पनि पढ्नुहोस्
राहदानी विभाग अगाडि बसमा आ*गलागी



.jpeg)

.jpeg)


.jpeg)
प्रकाशित: ५ आश्विन २०८३ १३:२४ सोमबार




-600x400.jpg)
