५ आश्विन २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

कथाकार नीला घिमिरेकाे ‘स्वप्निल विपनाहरू’ को परिचर्चा

विश्व नेपाली साहित्य महासङ्घ नेपालले ‘स्वप्निल विपनाहरू’ कथासङ्ग्रहको परिचर्चा गरेकाे छ।

विनेसाम नेपालका अध्यक्ष मणिराज सिंहको अध्यक्षता तथा प्रमुख अतिथि शिखर कवि शैलेन्द्र साकार, विशिष्ट अतिथिहरू:  वरिष्ठ साहित्यकार पुष्कर लोहनी, हिरण्यकुमारी पाठक, चन्द्रप्रसाद भट्टराई, कृष्ण प्रधान, मधुपर्क मासिकका सम्पादक दीपक श्रेष्ठ, नागरिककर्मी दिलिप ढकाल, नोवेल साकोस साहित्य समाजका संस्थापक राजनप्रसाद न्यौपानेको आतिथ्यमा कार्यक्रम भएकाे हाे।

विनेसाम नेपाल शाखाकी महासचिव कार्यक्रम सहजकर्ता अन्चु सुवेदीले चलाएको कार्यक्रम योगाज राजन कविराज, रचिता दाहाल, बबिता जोशी र सुनिता अधिकारीले कार्यक्रम सञ्चालनमा सहयोग गरेका थिए।

डिल्लीबजारस्थित पुष्कर लोहनी निवासमा भएकाे कार्यक्रममा कल्पना मरासिनीले शब्दमार्फत  उपस्थितजनकाे स्वागत गरेकी थिइन्। उनले नारी हस्ताक्षरको यो कृति साँच्चै पठनीय भएकाले घिमिरेलाई बधाई दिएकी थिइन्।

प्रमुख अतिथि शिखर कवि तथा कथाकार शैलेन्द्र साकारले तराईमा बसोबास गरिरहेकी कथाकार घिमिरेका कथाहरू आञ्चलिकताको सुन्दर प्रस्तुति र सामाजिक चेतनायुक्त स्तरीय भएकाे बताए।

वरिष्ठ कथाकार पुष्कर लोहनीले कथामा पुरानो समयदेखि देखिएको प्रभावको पूर्णमूल्यांकन गर्नुपर्ने बताए।

त्यस्तै कथाकार घिमिरेले कथा लेखनकाे अनुभव सुनाउँदै सबैलाई धन्यवाद भन्दै राम्रो प्रतिक्रिया जनाइदिएकोमा खुशी व्यक्त गरिन्।

विश्व नेपाली साहित्य महासङ्घ नेपाल तथा ज्योति साहित्य प्रतिष्ठान काठमाडौँका अध्यक्ष मणिराज सिंहले धन्यवाद ज्ञापन गर्दै केही अतिथिलाई मायाको चिनो अर्पेका थिए।

कार्यक्रममा बबिता जोशी, सरस्वती श्रेष्ठ, भरत थापा प्रतिक्षित, शुकदेव उपाध्याय, सरला रेग्मी, सुजाता अधिकारी, कुन्दनकुनार पन्त, शिवकुमार ढकाल, राजकुमार श्रेष्ठ, पायल मण्डल, कृष्ण प्रधान, रश्मि रिमाल, एन्जल निलु, अविकेशर ओली लगायतको उपस्तिथि थियो।

प्रकाशित: ५ आश्विन २०८३ १३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App