२७ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

रामेछापको तामाकोशीमा बस दुर्घटना, १० को उद्धार

काठमाडौँबाट रामेछापको धोबी हुँदै ओखलढुङ्गाको पोकलीतर्फ जाँदै गरेको प्रदेश ३ ०१००५ ख९९७५ नम्बरको बस तामाकोसी नदीमा खसेको प्रहरीले जनाएको छ। बसमा सवार १० यात्रु घाइते अवस्थामा फेला परेका छन्। घाइतेहरूको रामेछाप अस्पतालमा उपचार हुँदै छ। कति मृत भए भन्ने खबर सार्वजनिक भएको छैन। 

जिल्ला प्रशासन कार्यालय रामेछापका सूचना अधिकारी रामबहादुर केसीका अनुसार मन्थली नगरपालिका मसानटारमा  ११ बजे बस दुर्घटना भएको हो। बस पानीमा डुबेका कारण उद्धारमा समस्या आएको छ। सुरक्षाकर्मी उद्धारमा जुटेका छन्। 

प्रकाशित: २७ माघ २०८२ १२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App