१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

त्रिशूलीमा बस दुर्घटना : १९ जनाको मृत्यु, पाँच सदस्यीय कार्यदल गठन

पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस आज बिहान दुर्घटना हुदाँ १९ जनाको मृत्यु भएपछि गृह मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ।  

सोमबार गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक तथा यातायात व्यवसायी र मजदुर संघका प्रतिनिधिहरू सहभागी थिए।

बैठकले दुर्घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ।  

गृह मन्त्रालयले दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।   

प्रकाशित: ११ फाल्गुन २०८२ १६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App