संयुक्त अधिराज्य बेलायतका मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा आएका छन्।
उनी द्विपक्षीय सम्बन्ध थप सुदृढीकरण र आपसी साझेदारीका विषय अभिवृद्धिलगायत विषयमा छलफल गर्न नेपाल आएका यहाँस्थित बेलायती दूतावासले जनाएको छ।
उनले आजै ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बिबिआई) र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आइआइएन) संस्थाका पदाधिकारीसँग भेटघाट गरेका दूतावासले जनाएको छ।
बिबिआईले नेपाललाई लगानी गन्तव्यका रुपमा प्रवद्र्धन गर्दै आएको छ।
प्रकाशित: ८ जेष्ठ २०८३ १४:४६ शुक्रबार





