२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

धरासायी बन्दै इटा उद्योगः धमाधम बन्द हुँदै

अरु उद्योगहरु जस्तै इटा उद्योग पनि समस्यामा पर्दै आएको व्यवसायीहरुले बताएका छन् । सरोकारवाला उद्योगी व्यवसायीहरुले इटा विक्रीवितरण नभएर उद्योग समस्यामा पर्दै आएको जनाए ।  

नेपाल ईटा उद्योग महासंघका केन्द्रीय अध्यक्ष शंकरबहादुर चन्दले २०७२ सालपछि नेपाल सरकारले इटा उद्योगीहरुलाई एक वर्षमा ५ अर्व इटा चाहिन्छ भनेर उक्साएको सम्झे ।  

नेपाल ईटा उद्योग महासंघ बागमती प्रदेश समितिको भक्तपुरमा सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको उदघाटन गर्दै केन्द्रीय अध्यक्ष चन्दले थपे, ‘त्यसो बेला सरकारले काठमाडौं उपत्यकामा मात्रै ३ अर्ब इटा चाहिन्छ भनेर उक्साए । तर त्यसअनुसार इटा बिक्री वितरण भएन ।’ यही कारण बाममती प्रदेशमा  झण्डै आधाआधी इटा उद्योगहरु बन्द गर्नुपर्ने अवस्थामा पुगेको बाध्यता उनले पोखे ।  

तथ्यांक अनुसार बागमती प्रदेशमा कुल १३३ इटा उद्योगहरु दर्ता छन् । तर तीमध्ये हाल जम्मा ८० वटा मात्रै इटा उद्योगहरु सञ्चालन हुन सकेको तथ्यांक छ । सञ्चालित उद्योगहरुले पनि क्षमता अनुसारको इटा उत्पादन गर्न पाइरहेका छैनन् । भएका इटाहरु अहिले पनि स्टक नै रहेकोले चलेका उद्योगहरु पनि थप बन्द गर्नुपर्ने अवस्थामा पुगेको व्यवसायीहरुले बताए ।

नेपाल ईटा उद्योग महासंघ बागमती प्रदेश समितिका अध्यक्ष आशाकाजी त्वानाबासुले दुई हजार ६ सय भन्दा वढी वर्ष पुरानो इटालाई सरकारीस्तरबाटै विस्थापित गर्न खोजेको आरोप लगाए ।  

उहिलउहिले मठ मन्दिर बनाउँदादेखि नै प्रयोग भएको इटाको ठाउँमा बाटोबाटोम इटाको ठाउँमा ढलान गरेर पानी सोस्ने नबनाइ समस्या पार्ने काम हुँदै आएको उनको भनाई छ ।  

भक्तपुर इटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्वाले एउटा इटा उद्योग सञ्चालन गर्न घटीमा पनि १२ करोड पुँजी आवश्यक पर्ने भन्दै यति लगानी गरेर उद्योग सञ्चालन गर्दा पनि दोहोरो कर, स्थानीय सरकारको जथाभाबी करले उद्योगीहरु आजित भएको धारणा राखे ।  

नेपाल ईटा उद्योग महासंघ बागमतीमा पुनः त्वानाबासु

यसैबीच नेपाल ईटा उद्योग महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा पुनः  आशाकाजी त्वानाबासु (भक्तपुर) निर्वाचित भएका छन् । समितिको भक्तपुरमा सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले त्वानाबासुको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

 नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा भाइराजा अवाले (ललितपुर), उपाध्यक्षमा जीतेन्द्र खायमली (काभ्रे), सचिवमा आशराम बैद्य (भक्तपुर) र कोषाध्यक्षमा रामप्रसाद डंगोल (काठमाडौं) निर्वाचित भए ।  

सदस्यहरुमा रत्नप्रसाद प्रजापति (भक्तपुर), पूर्णप्रसाद गाइजू (भक्तपुर), महेन्द्र खायमली (भक्तपुर), सुमन सापकोटा (धादिङ), राजेन्द्र महर्जन (ललितपुर) र सुरेश श्रेष्ठ (काभ्रे) निर्वाचित भए । यसअघि अधिवेशनको उदघाटन महासंघका केन्द्रीय अध्यक्ष शंकरबहादुर चन्दले गरेका थिए । 

प्रकाशित: ९ भाद्र २०८२ १७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App