असोज १८ र १९ गते आएको अबिरल वर्षापछि बन्द भएको वीपी राजमार्ग शुक्रबारदेखि खुलेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले विगत ६ दिनदेखि बन्द भएको वीपी राजमार्ग शुक्रबारदेखि संचालनमा आएको बताए।
सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले शनिबारदेखि विपि राजमार्ग भएर सार्वजनिक सवारी साधन गुड्ने बताए। उनका अनुसार वीपी राजमार्ग खुलाउन गत ५ दिनदेखि पयास भइरहेको थियो। ‘हामीले ट्रयाक खुलाउन पहिरो गएका तथा अबरुद्ध भएको ठाउँमा ५० वटा विभिन्न किसिमका मेशीन लगेका थियौ। यस काममा काममा हामी दिनराती खटिएका थियौ।’ उनका अनुसार वीपी राजमार्ग खुलाउन १६ ठाउँमा ड्राइभसन बनाइएको छ।

पोहर साल असोज ११ र १२ गते आएको वर्षाले वीपी राजमार्गमा सबैभन्दा क्षति पु¥याएको थियो। यसपटक पनि विपिमै ठूलो क्षति पुगेको छ।
काठमाडौबाट पूर्वी क्षेत्रमा जान विपि राजमार्ग भएर सवारी साधान गुड्ने गरेका छन्। वर्षाले अबरोध गर्दा यात्रुहरूलाई ठूलो कठिनाइ उत्पन्न भएको थियो।
प्रकाशित: २४ आश्विन २०८२ १८:३० शुक्रबार





