१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

ताप्लेजुङमा भीरबाट खस्यो बोलेरो, एकको मृत्यु

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा मंगलबार साँझ बोलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

दुर्घटनामा परी मृत्यु भएका व्यक्तिको पहिचान खुल्न सकेको छैन।

प्रहरीका अनुसार, च्याङथापुबाट आङ्खोपतर्फ जाँदै गरेको प्र.१-०१-००१ ज ३४७० नम्बरको बोलेरो सिदिङ्वा गाउँपालिका-३, आङ्खोपमा सडकबाट करिब दुई सय मिटर तल भीरमा खसेको हो।

चालक सोही ठाउँका प्रकाश सुवाङ घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

साँझ ६:३५ बजे स्थानीयले साब्लाखु प्रहरी चौकीमा खबर गरेलगत्तै प्रहरी सहायक निरीक्षक प्रदिप विष्टको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

गाडीमा कति जना सवार थिए र अन्य कोही घाइते भए/नभएको बारे पनि यकिन भइनसकेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २१ आश्विन २०८२ २०:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App