२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

रौतहटको कटहरियामा डिस्टिलरीको बोइलर विस्फोट : एक जनाको मृत्यु,पाँच घाइते

रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर–९ स्थित ज्योती डिस्टिलरीमा शनिबार बिहान ठूलो दुर्घटना भएको छ। डिस्टिलरीमा रहेको बोइलर विस्फोट हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ भने पाँच जना कामदार घाइते भएका छन्।

प्रारम्भिक जानकारी अनुसार विस्फोट अत्यन्तै शक्तिशाली भएकाले डिस्टिलरी परिसरमा क्षति पुगेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि वीरगञ्जतर्फ लगिँदै गरिएको छ।

इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी सहायक निरीक्षक (सई) धर्मेन्द्र पौडेलले आफू घटनास्थलमा पुगिसकेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन्। घटनाको कारण, मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।

घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ भने सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिई थप क्षति हुन नदिन सुरक्षा व्यवस्था कडा बनाएका छन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित: १२ पुस २०८२ ०९:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App