४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

उपरथी दर्जामा हालै पदोन्नति भएका सहायकरथीहरुले शुक्रबार दर्ज्यानी चिह्न पाएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलले रामसुन्दर बोहोरा, भुवन खत्री र प्राविधिक धर्मेन्द्रकुमार झालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।  

सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  

सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका एक महासेनानी र महासेनानी दर्जामा पदोन्नति हुनुभएका पाँच जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।

प्रकाशित: १८ पुस २०८२ १५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App