१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

बागमती नदीमा बेपता युवकको शव फेला

रौतहटको बागमती नदीमा बेपता भएका एक भारतीय युवक शव भेटिएको छ।  शनिबार बागमती नदीमा नुहाउने क्रममा  बेपता भएका भारत बिहार खगडिया पछौराका ३० वर्षीय रोहित कुमार सिंहको शव  नदिको नहरमा बरामद भेटिएको हो।  

शनिबार दिउँसो ३ बजेको समयमा रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर १ नुनथर स्थित बागमती नदीको झोलङ्गे पुल नजिक मादक पदार्थ सेवन गरेर  नुहाउन जाने क्रममा अचानक नदीमा आएको पानीको भेलले बगाएर सिंह बेपता भएका थिए ।

सप्रबल नेपाल नं‍.११ गण हेक्का रौतहट र इप्रका चन्द्रनिगाहपुरको संयुक्त टोलीले खोज्दै जाँदा बेपता भएको स्थानबाट करिब १५ किलोमिटर पश्चिम रौतहटको गुजरा नगरपालिका ७ पल्टुवा स्थित बागमती नदिको नहरमा शव फेला परेको हो।  

सुरक्षाकर्मीले भारतीय युवकको शवलाई नहरको पानीबाट निकालेर पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा पुर्‍याएको र पोस्टमार्टम पछि परिवार जनको जिम्मा लगाउने रौतहट प्रहरीले जनाएको छ ।

प्रकाशित: १८ श्रावण २०८२ १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App