१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

मन्दिर जाँदा सप्तकोसीमा बेपत्ता किशोरीको शव फेला

दुई दिनअघि मन्दिरमा दर्शन गर्न गएको बेला सप्तकोसी नदीमा बेपत्ता भएकी एक किशोरीको आइतबार बिहान शव फेला परेको छ। धरान वडा नं. १६ की १९ वर्षीया अनिता राईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

अनिता उनका बाबु जीवनसँग शुक्रवार बराहक्षेत्र मन्दिर दर्शन गर्न गएकी थिइन्। त्यतिबेला उनी सप्तकोसी नदीमा डुबेर बेपत्ता भएकी थिइन्। अनिताको शव बराहक्षेत्र वडा नं. ९ राजाबासको कोसी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी प्रवक्ता योगराज खतिवडाले बताए।  

अनिता र उनका बाबु जीवन मोटरसाइकलमा मन्दिर दर्शन गरेर फर्कने क्रममा चतराको दूधपानी खोला तर्ने क्रममा खोलाले बगाएको थियो। उनका बाबु जीवनलाई भने तत्काल स्थानीयले उद्धार गरेका थिए भने उनलाई बगाएर ५० मिटर तल सप्तकोसीमा पुर्‍याएको थियो। उनी बेपत्ता भएपछि स्थानीय र प्रहरीको टोलीले निरन्तर खोजीकार्य जारी राखेको थियो।

प्रकाशित: १ भाद्र २०८२ १८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App