२ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

शनिबारदेखि सम्पर्कविहीन जयपुरका युवकको शव पोखरीमा भेटियो

सिरहाको धनगढीमाइ नगरपालिका १ बाखैरस्थित पोखरीमा आज बिहान एक जना पुरुषको शव फेला परेको छ। शव धनगढीमाइ नगरपालिका ४ जयपुरका करिब ३८ वर्षीय पशुपति यादवको रहेको पहिचान खुलेको छ।

उनी शनिबार बेलुकादेखि सम्पर्कविहीन थिए। आइतबार बिहान बाखैरस्थित पोखरीमा शव देखेपछि स्थानीयले तत्काल जनप्रतिनिधि र प्रहरीलाई जानकारी गराएको स्थानीय ब्रहम देव यादबले जनाए। उनले भने, 'पोखरीमा शव देखिएपछि खबर गरिएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो।'

प्रहरीले शवको पहिचान गरेपछि मृतकका आफन्तलाई जानकारी गराइएको छ। घटनास्थलमा प्रहरीको टोली पुगेर मुचुल्का उठाउने तथा थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको ईलाका प्रहरी कार्यालय लाहानले जनाएको छ।

हराइरहेका व्यक्तिको शव पोखरीमा फेलापरेकोले सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको जनाइएको छ।

प्रकाशित: ३ पुस २०८२ १२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App