३ माघ २०८२ शनिबार
image/svg+xml
समाज

तनहुँमा एकैदिन दुई पुरुष र एक महिलाको शव फेला

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न ठाउँमा आज तीन वटा शव फेला परेका छन्।

शुक्लागण्डकी नगरपालिका–५ कसेरीस्थित फोहरमैला प्रशोधन केन्द्र नजिक दुई र सोही वडाको जनकल्याण मावि नजिकको जङ्गलमा एक शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक धननारायण श्रेष्ठका अनुसार फोहरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र जङ्गलमा एक महिलाको शव फेला परेको हो। मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए। रासस

प्रकाशित: २६ पुस २०८२ १९:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App