२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

ब्रोड पिकबाट पुर्जा सहित चार आरोहीको शव बेस क्याम्पमा ल्याइयो

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो दुर्घटनामा परी ज्यान गुमाएका पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित चार जना आरोहीको शव बेस क्याम्पमा ल्याइएको छ। 

निम्सदाइका व्यावसायिक साझेदार तथा प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाले पाकिस्तानबाट यसको पुष्टि गरेका हुन्।  उनका अनुसार निर्मल पुर्जा, जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण उद्धार अभियानपछि सुरक्षित रूपमा बेस क्याम्पमा ल्याइएको हो। 

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मिङ्मा डेभिड शेर्पाले यो अभियानमा संलग्न सम्पूर्ण टोलीप्रति आभार व्यक्त गर्दै उनले असाधारण साहस, व्यावसायिकता र निस्वार्थ समर्पणका कारण मात्रै यस्तो कठिन उद्धार सम्भव भएको उल्लेख गरेका छन्।  

उनले पाकिस्तानका सेना, पाकिस्तान सरकार, गिलगिट–बाल्टिस्तान सरकार, स्थानीय प्रशासन, ब्रिटिश उच्चायोग, पाकिस्तानस्थित नेपाली दूतावास, पाकिस्तान अल्पाइन क्लब तथा उद्धार अभियानलाई सहयोग गर्ने सबै निकायप्रति पनि धन्यवाद व्यक्त गरेका छन्। 

मिङ्मा डेभिडले निम्स दाइलाई केवल एक विश्वप्रसिद्ध आरोहीका रूपमा नभई श्रीमान, पिता, छोरा, दाजुभाइ, साथी तथा एलिट एक्सपेड, निम्सदाइ फाउन्डेसन, निम्सदाइ स्टोर र स्काइडाइभ निम्सदाइका प्रेरणादायी नेतृत्वकर्ताका रूपमा सम्झिएका छन्।  

प्रकाशित: २० श्रावण २०८३ १६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App