१५ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

संसद्को कार्यसूचीबाट विषय हटाएको भन्दै एमाले सांसदको आपत्ति

नेकपा (एमाले) का सांसद विष्णुमाया विकले संसद्को कार्यसूचीमा राखिएका विषयवस्तुहरू बिनाकारण हटाउने गरिएको भन्दै आपत्ति जनाएकी छन्।

आजको संसद् बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले भनिन्, 'विगत केही दिनदेखि कार्यसूचीमा समावेश गरिएका विषयहरू बिनाकारण सूचीबाट हटाउने गरिएको देखिएको छ।'

उनले संसद्को कार्यसूचीमा राखिएका विषयवस्तुहरूलाई बिनाकारण हटाउने प्रवृत्ति अन्त्य गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराइन्।

सांसद विकले संसद् स्थगित गर्ने प्रवृत्ति रोक्दै कार्यसूचीमा रहेका विषयहरूलाई नियमित रूपमा छलफलमा ल्याउने व्यवस्था गर्न पनि आग्रह गरेकी छन्।

प्रकाशित: १५ आश्विन २०८३ ११:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App