१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

१ हजार २ सय ५२ जनाको शव फेला

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान १० बजे सम्म १ हजार २ सय ५२ जनाको शव फेला परेको छ। 

जसमध्ये रसुवामा १ सय २७ जना, नुवाकोटमा १ सय ७७ जना, धादिङमा ६० जना, चितवनमा ३ सय ५५ जना, गोरखामा ६९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय १८ जना र नवलपरासी पश्‍चिम १ सय ९० जना र भारतमा भेटिएको (नवलपरासी पश्‍चिममा बुझाएको) १८ गरी १ हजार २ सय ५२ जनाको शव फेला परेको हो । ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ।  

फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म २ सय १३ महिला, ३ सय १४ पुरूष र ३ सय ७० नखुलेको गरी जम्मा ८ सय ९७ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ। साथै पहिचान नभएको ९ सय ५९ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। 

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ।  हालसम्म बेपत्ता भएका ४ हजार ८ सय ७५ जनाको खोजी कार्य भइरहेको छ। यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार १ सय २६ जना व्यक्तिहरूलाई राखिएको छ। 

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ। 

प्रकाशित: १८ भाद्र २०८३ ११:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App