१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

भदौ २२ गते चितवनसहित तीन जिल्लामा सार्वजनिक बिदा

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रदेश सरकारका अनुसार चितवन, मकवानपुर र धादिङ जिल्लामा उक्त दिन सार्वजनिक बिदा हुनेछ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै न्वागी पर्वका अवसरमा तीन जिल्लामा बिदा दिने व्यवस्था गरेको हो।

चेपाङ समुदायले परम्परागत रूपमा मनाउँदै आएको न्वागी पर्वलाई लक्षित गरी प्रदेश सरकारले सम्बन्धित जिल्लामा बिदा घोषणा गरेको जनाएको छ।

प्रकाशित: १८ भाद्र २०८३ १४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App