१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

उपत्यकामा ग्यासको सहज वितरणका लागि ६ बुँदे निर्णय

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर पहिरोले सडक अवरुद्ध भएपछि एलपी ग्यासको आपूर्तिमा देखिएको समस्या समाधान गर्न आयल निगम र ग्यास विक्रेताहरूले ६ बुँदे निर्णय गरेका छन्।

नियमन कार्यालयका नायब कार्यकारी निर्देशक (बजार व्यवस्था) दीपक बरालको अध्यक्षतामा बिहीबार बसेको बैठकले कृष्णभीर क्षेत्रमा सडक अवरुद्ध भएकाले ग्यास बुलेटहरू गन्तव्यमा पुग्न नसकेको अवस्थालाई ध्यानमा राख्दै काठमाडौं उपत्यका तथा आवश्यक जिल्लाहरूमा ग्यास आपूर्ति सहज बनाउन ६ बुँदे निर्णय गरेको हो।

बैठकले हालको आपूर्ति संकट समाधानका लागि काठमाडौं उपत्यकामा ग्यास वितरण गर्न उद्योगहरूले तराई क्षेत्रका उद्योगबाट सिलिन्डर भरी वितरण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।

यस्तै,  ग्यास उपलब्ध गराउने उद्योगहरूले सहकार्यात्मक रूपमा बिक्री वितरणको व्यवस्था मिलाउने र व्यवसायिक प्रयोजन (ठूला होटल तथा रेस्टुरेन्ट, खाद्य उद्योग, औद्योगिक कारखाना, व्यापारिक मल) बिक्री वितरण रोकी अति आवश्यक उपभोक्तालाई उपलब्ध गराउने पनि निर्णय गरिएको छ।

यस्तै, बिरामी, अशक्त, बिरामी घर, नागरिक, विभिन्न आश्रम आदि विशेष वर्गलाई ग्यास उपलब्ध गराउन आवश्यक समन्वय गर्ने र व्यावसायिक प्रयोजनमा प्रयोग गर्ने व्यवसायीहरूले अनावश्यक भण्डारण नगर्न र उद्योगसँग समन्वय गरी राउण्ड प्रणालीमा वितरण गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ।

प्रकाशित: १८ भाद्र २०८३ १३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App