७ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

चार दिनपछि खुल्यो वीरगञ्ज-पथलैया सडक खण्ड

सिमराका तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा गत बुधबार देखि पुर्ण रुपले ठप्प रहेको वीरगञ्ज-पथलैया सडक खण्डमा आज बिहानै देखि गाडीहरू चल्न थालेका छ्न्।

गरिमाको बुवा,आमा र नेपाल सरकारको गृहमन्त्री लगाएत सम्बन्धि मन्त्रीसगहरुको सहमति पछि धर्ना र बिरोधको कार्यक्रमलाई शनिबार रातिदेखि फिर्ता गरिए पछि आज बिहानै देखि सडकमा गाडीहरू चल्न थालेका हुन्।

गरिमाको घटनामा संलगन रहेकालाई फासीको माग गर्दै वीरगञ्ज-पथलैया सडक खण्डको सिमरा दशधुरे अगाडि पीडित परिवार र स्थानीयहरुले  सडक मै  टेन्ट टाँगेर बुधबार बिहान देखि सडक अवरुद्ध गरेर प्रदर्शन गर्दै आएका थिए।

आन्दोलनका कारण रोकीएका मालबाहक सवारीहरू शनिबार रातिनै गन्तव्यतर्फ लागेका छन् भने आज बिहानबाट लामो तथा छोटो दुरीका यात्रुबाहक तथा मालवाहक सवारीहरू निर्वाध रुपमा चल्न थालेका छन् ।

प्रकाशित: ७ भाद्र २०८३ ०९:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App