सिमराका तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा गत बुधबारदेखि पूर्ण रूपले ठप्प रहेको वीरगञ्ज-पथलैया सडक खण्डमा आज बिहानैदेखि गाडीहरू चल्न थालेका छन्।
गरिमाको बुवाआमा र गृहमन्त्रीसहित मन्त्रीहरूसँगको सहमतिपछि धर्ना तथा विरोधका कार्यक्रमलाई शनिबार रातिदेखि फिर्ता गरिएपछि सडकमा गाडीहरू चल्न थालेका हुन्।
गरिमाको घटनामा संलग्न रहेकालाई फाँसीको माग गर्दै वीरगञ्ज-पथलैया सडक खण्डको सिमरा दशधुरे अगाडि पीडित परिवार र स्थानीयहरूले सडकमै टेन्ट टाँगेर बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गर्दै आएका थिए।
आन्दोलनका कारण रोकिएका मालबाहक सवारीहरू शनिबार राति नै गन्तव्यतर्फ लागेका छन् भने आज बिहानबाट लामो तथा छोटो दूरीका यात्रु तथा मालबाहक सवारीहरू निर्वाध रूपमा चल्न थालेका छन्।
प्रकाशित: ७ भाद्र २०८३ ०९:४८ आइतबार



-600x400.jpg)

