१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

भुवनेशकुमार प्रधान ‘राष्ट्रिय स्रोत–रक्षक सम्मान, २०८२’ द्वारा सम्मानित

<br>

 जलस्रोत क्षेत्रमा पाँच दशकसम्म विशिष्ट योगदान गरेका पूर्व जलस्रोत सचिव भुवनेशकुमार प्रधानलाई ‘राष्ट्रिय स्रोत–रक्षक सम्मान, २०८२’ द्वारा सम्मानित गरिएको छ। मुलुकको जलस्रोत क्षेत्रमा उल्लेखनीय योगदान  गरेका प्रधानको  कदर गर्दै प्राज्ञिक अनुसन्धानका लागि नेपाल पानी सदुपयोग फाउण्डेसनले आइतबार काठमाडौंमा सम्मान गरेको हो। सम्मान कार्यक्रममा  प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्व सचिव प्रधानलाई दोसल्ला ओढाई, कदरपत्र र नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।

प्रधानलाई सम्मान गर्दै  प्रधानन्यायाधीश राउतले सत्पात्रलाई सम्मान गर्दा आफैमा स्तुतीय र प्रशंसनीय हुने बताए । ‘प्रधानज्यूलाई सम्मान गर्न पाउनु एउटा सुखद संयोग मात्र होइन, मेरो सौभाग्य पनि हो ,’ राउतले भने । २०१६ सालमा सिँचाइ विभागमा आफ्नो सरकारी सेवा सुरु  गरेका प्रधानले सिँचाइ विभागको महानिर्देशक, जलस्रोत मन्त्रालयको सचिव, जल तथा ऊर्जा आयोग सचिवालयको सचिव र राष्ट्रिय योजनाको आयोगको सदस्य सचिव भई जलस्रोत क्षेत्रमा उल्लेखनीय योगदान गरेको फाउण्डेसनले जनाएको छ ।

पूर्व जलस्रोत मन्त्री एवं प्राज्ञ दीपक ज्ञवालीले प्रधानले मुलुकको जलस्रोत क्षेत्रमा पुर्याएको महत्त्वपूर्ण योगदानबारे चर्चा गरेका थिए । 

पानी तथा राष्ट्रिय स्रोतहरूको रक्षाका लागि रत्नसंसार श्रेष्ठद्वारा आफ्ना मातापिता स्वर्गीय बद्रीलक्ष्मी श्रेष्ठ तथा स्वर्गीय रत्नबहादुर श्रेष्ठको सम्झनामा ‘राष्ट्रिय स्रोत–रक्षक सम्मान’ स्थापना गरेका हुन् ।कार्यक्रममा श्रेष्ठले फाउन्डेसनमा अक्षय कोष राखी हरेक वर्ष यो क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउनेहरुलाई सम्मान गरिने जानकारी दिए । 

प्रकाशित: ९ भाद्र २०८२ ०९:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App