१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

ठुलो बाढी आएको क्षेत्रमा फेरि बढ्यो भोटेकोशीको बहाव, सतर्क रहन आग्रह

रसुवाको भोटेकोशी नदीमा फेरि लेदोसहित पानीको बहाव केही बढेको छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा थप बाढी आउन सक्ने जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार बुधबार ठूलो बाढी आएको क्षेत्रमै शुक्रबार फेरि लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएको हो।

भोटेकोशी तथा त्रिशुली नदी किनारमा उद्धार र राहतमा खटिएका तथा विभिन्न कारणले जोखिम क्षेत्रमा रहेका सबैलाई उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।

जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानमा जानसमेत प्राधिकरणले आग्रह गरेको छ।

प्रकाशित: १२ भाद्र २०८३ १२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App