११ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

भोटेकोशी बाढी : प्रभावित क्षेत्रमा सञ्चार सेवा सञ्चालन गराइँदै

भोटेकोशी बाढीबाट क्षतिग्रस्त सञ्चार टावरहरुलाई सुचारु गरिएको छ।

बाढीले क्षति पुर्याएका विभिन्न जिल्लाका टावर मर्मतपछि पुनः सञ्चालन गरिएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ। 

रसुवाको न्यौपानेचौर र राम्चेको रिपेयर साइटमा हेलिकप्टरबाट जेनेरेटर तथा ब्याट्री पठाई टावर मर्मत गरी सेवा सञ्चालन गरिएको हो।

मन्त्रालयले रसुवाकै धुन्चे, नुवाकोटको विदुर बसपार्क, बटर, मदानपुर तथा धादिङको बैरेनी र ठमेल डाँडा क्षेत्रमा जेनेरेटर, फ्युल तथा प्राविधिक जनशक्ति परिचालन गरी सेवा सञ्चालनमा ल्याउने प्रयास जारी राखेको छ।

नेटवर्क व्यवस्थापनका लागि सञ्चालनमा रहेका बिटिएसमा कभरेज, क्षमता वृद्धि र अप्टिमाइजेसन गरी सेवा प्रभावकारी बनाइएको, प्रभावित सेवाग्राहीका लागि उपलब्ध निःशुल्क सुविधाको अवधि थप तीन दिन विस्तार गरिएको छ।

प्रभावित क्षेत्रमा यही भदौ १४ गतेसम्म भ्वाइस कल निःशुल्क र प्रतिदिन दुई जिबी डाटा र ५० एसएमएस निःशुल्क गरिएको छ।

प्रकाशित: ११ भाद्र २०८३ १७:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App