२२ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

भोटेकोशी बाढी : ३९ होल्डिङ सेन्टरमा तीन हजार ५३३ जना आश्रित

भोटेकोशी बाढीबाट प्रभावितलाई ३९ वटा होल्डिङ सेन्टरमा राखिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै ३९ वटा होल्डिङ सेन्टरमा कुल ३,५३३ जना आश्रित छन् रहेका बताएको छ। जसमा नुवाकोटमा २,६५१, रसुवामा ६६९ र धादिङमा २१३ जना रहेका छन्।

यस्तै, सरकारले रसुवामा रु १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख राहत र अनुदान रकम दिएको छ। यस्तै, प्रभावित १५ पालिकामा रु १३ करोड ५० लाख रकम दिएको प्राधिकारणले उल्लेख गरेको छ।

यस्तै, भदौ २१ गते रसुवामा हेलिकप्टर र ४ वटा ट्रकबाट खाद्यान्न, जेनेरेटर, हाइजिन किट र स्टुडेन्ट किट ढुवानी गरिएको छ। साथै प्रभावित क्षेत्रका लागि ५८ हजार लिटर डिजेल, २५ हजार लिटर पेट्रोल, १३ हजार लिटर हवाई इन्धन र ४५७ ग्यास सिलिन्डर पठाइएको छ।

स्वास्थ्य मन्त्रालयले १५० जना जनशक्ति मनोसामाजिक परामर्शका लागि खटाएको छ।

यस्तै, धादिङमा ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् सुचारु भइसकेको प्राधिकारणले उल्लेख गरेको छ।

यस्तै, सञ्चारतर्फ नेपाल टेलिकमका १२० मध्ये ११७ र एनसेलका ७८ मध्ये ७६ टावरहरू सञ्चालनमा आइसकेका बताइएको छ।

प्रकाशित: २२ भाद्र २०८३ १२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App