२२ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म १९ जनालाई पक्राउ गरेको छ।

कपिलवस्तुका सीमा नाकाबाट पैदल हिँडेर तथा शरीरमा लागू औषध बाँधेर लैजाने क्रममा लागुऔषधसहित उक्त व्यक्ति पक्राउ परेका हुन्। चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २१ गतेसम्म लागुऔषधसम्बन्धी ११ मुद्दा दर्ता गरी १९ जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा १३ पुरुष र छ महिला नेपाली नागरिक छन्। सो अवधिमा प्रहरीले गाँजा, चरेस, हेरोइन, अफिम र नाइट्राभेट बरामद गरेको छ। प्रहरीले उक्त अवधिमा गाँजा १३० ग्राम, चरेस पाँच किलो २२५ ग्राम, हेरोइन तीन ग्राम १५० मि.ग्राम र अफिम १० किलो ३६४ ग्राम बरामद गरेको छ।

नाइट्राभेट १० थानसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रीपेन्द्रकुमार सिंहले बताए। उनले लागुऔषध कारोबारमा संलग्नलाई कानुनबमोजिम कारबाही गरिएको बताए।  पछिल्लो समय सीमा क्षेत्रमा निगरानी थप कडा पारिएको छ।

प्रकाशित: २२ भाद्र २०८३ १२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App