११ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

भोटेकोशी बाढी: हालसम्म २७० जनाको शव फेला, खोजी कार्य तीव्र

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या २७० पुगेको छ।

प्रहरीले बिहीबार दिउँसो १:३० बजेसम्म प्राप्त पछिल्लो अद्यावधिक विवरणअनुसार बाढी प्रभावित विभिन्न नदी तटीय क्षेत्रबाट हालसम्म २७० जनाको शव फेला परेको हो।

फेला परेका शवहरूको पहिचान खुलाउने र पोष्टमार्टमका लागि अस्पताल पठाउने कार्य भइरहेको छ। बाढीले बगाएर रसुवा, नुवाकोट, धादिङ र चितवनसम्मका विभिन्न नदी किनारमा पुर्‍याएका शवहरू नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले संकलन गरिरहेको छ।

बाढीमा परेर अझै सुरक्षाकर्मी, जलविद्युत् आयोजनाका कर्मचारी, स्थानीय बासिन्दा तथा पर्यटकहरू सम्पर्कविहीन रहेकाले हेलिकोप्टर र स्थलगत टोलीमार्फत खोजी तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ जारी राखिएको छ।

प्रकाशित: ११ भाद्र २०८३ १४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App