रसुवामा आएको बाढीबाट ११३ जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार उद्धार गरिएकामध्ये ८८ जना नेपाली र २५ जना विदेशी नागरिक छन्।
प्राधिकरणका अनुसार उद्धार गरिएका विदेशी नागरिकमा ८ जना चिनियाँ, ११ जना भारतीय, ४ जना कोरियन र २ जना अमेरिकी नागरिक छन्।
उद्धार गरिएका चिनियाँ नागरिकमा ७ जना पुरुष र एक जना महिला छन्। भारतीय नागरिकमध्ये ९ जना पुरुष र २ जना महिला रहेका छन्। चारै जना कोरियन नागरिक पुरुष हुन् भने उद्धार गरिएका दुई अमेरिकी नागरिकमध्ये एक जना महिला र एक जना पुरुष छन्।








प्रकाशित: ११ भाद्र २०८३ १४:४१ बिहीबार





