११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

बेँसीसहर–चामे सडक अवरुद्ध

फाइल तस्बिर

बेँसीसहर-चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। आज बिहान बेँसीसहर नगरपालिका-६ खरखरे भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार पहिरो खसेको स्थानभन्दा करिब २०० मिटर उत्तरतर्फ सडक भासिएको छ। वर्षा भइरहेकाले पहिरो पन्छाउन र भासिएको स्थानमा मर्मतसम्भार गर्न कठिन भएको छ। 

प्रकाशित: ११ आश्विन २०८३ ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App