देउसीभैलोबाट सङ्कलित रकमले सदरमुकाम कुश्मामा बास्केटबल कोर्ट निर्माण सुरु भएको छ। पर्वत जिल्ला बास्केटबल सङ्घले कुश्मा नगरपालिका–५ स्थित बडागाउँमा कोर्ट बनाउन थालेको हो।
जिल्ला बास्केटबल सङ्घका अध्यक्ष मीनबहादुर पुनले देउसीभैलोबाट सङ्कलित रु पाँच लाख ८७ हजार ९८६ कोर्ट निर्माणमा उपयोग गरिएको जानकारी दिँदै सङ्घका सबै पदाधिकारी श्रमदानमा जुटेका बताए। अपुग रकम कुश्मा नगरपालिकाले प्रदान गर्ने नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए।
कोर्टमा फाइबर बोर्ड, प्याराफिट, तारजालीलगायतका संरचना निर्माण हुने अध्यक्ष पुनले जानकारी दिए। कोर्ट रु १४ लाखमा पूरा लक्ष्य रहेको उनले सुनाए। साथै अध्यक्ष पुनले देशविदेशमा रहेका पर्वतका बास्केटबल प्रेमीलाई कोर्ट निर्माणमा सहयोग गर्न अनुरोध गरेका छन्।
प्रकाशित: १३ कार्तिक २०८२ ०८:२२ बिहीबार





