१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

‘बर्का अट्वारी पर्व : समृद्धि र संस्कृतिको उत्सव’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको ठूलो चाड बर्का अट्वारी पर्वको अवसरमा शुभकामना दिएका छन्। थारु समुदायले उत्साहले मनाउने यो पर्वले सबैमा भाइचारा, एकता र समृद्धिको भावना जागोस् भन्ने शुभकामना उनले दिएका हुन्।  

‘प्रकृतिपूजक थारु समुदायले श्रद्धा र उत्साहले मनाउने यो पर्वले मौलिक धर्म, संस्कृति र परम्परा जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘प्रदेशभित्रका सबै जाति, समुदायको मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा प्रतिबद्धता छ।’  

उनले नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिएको देश भएकाले यहाँका विविध धर्म, भाषा र संस्कृतिले नेपालको गौरव बढाएको बताएका छन्। त्यसैअन्तर्गत थारु समुदायमा पुरानो समयदेखि चलिआएको मौलिक परम्परामध्ये बर्का अट्वारी पर्व महत्त्वपूर्ण पर्वका रूपमा स्थापित भएको उनको भनाइ छ।  

बर्का अट्वारी पर्वमा खासगरी थारु पुरुषले उपवास बस्ने, निराहार व्रतसहित सूर्यको पूजा गर्ने धार्मिक र सांस्कृतिक परम्परा छ। थारु समुदायले सूर्यलाई उज्यालो र जीवनशक्तिको प्रतीकका रूपमा मान्छन्। यो पर्वले धर्म, संस्कृति र परम्परा संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख छ।  

प्रकाशित: ८ भाद्र २०८२ ०९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App