कपिलवस्तुको बर्गदा घटनाका बिषयमा मृतक अरुण यादवका बुवा नन्दलाल यादवले प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमलाई बुझाएको ज्ञापन पत्र अनुसार ६ बुदे माग सम्बोधनको पहल गर्ने लिखित निर्णय गरिएको छ ।
गत चैत ७ गते कपिलवस्तुको बर्गदामा भएको दुई समुह बिचको बिवादले उग्ररुप लिए पछि जिगनाहा चौराहामा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागी अरुण यादव गम्भीर घाईते भएका थिए ।
उनको उपचारका क्रममा चितवन मेडिकलमा गत चैत २२ गते मृत्यु भएको थियो । मृतकको शवलाई कपिलवस्तु अस्पतालमा राखिएको छ । माग पुरा नभएसम्म शव घर नलैजाने मृतक परिवारले अडान लिएको थियो । सोही बमोजिम बुधबार मृतकका हजुर बुवासहितको टोलीले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, मृतकका एक जना परिवारलाई सरकारी रोजगारीको ब्यवस्था गर्नु पर्ने माग गरिएको थियो । यस्तै अन्य घाईतेका उपचारको ब्यवस्था र क्षतिपुर्तिको ब्यवस्था राज्यले गर्नु पर्ने, घटनाको निष्पक्ष छानबिन र दोषी उपर कारबाही तथा भबिष्यमा यस्ता घटना दोहरिन नदिन कडा सुरक्षा ब्यवस्था मिलाउनु पर्ने माग पेश गरिएको थियो ।
सो मागका विषयहरुका लिखितरुपमा गृह मन्त्रालयमा पठाउने निर्णय गरिएको प्रजिअ गौतमले बताए । सो माग यथाशीघ्र रुपमा पुरा गर्नु पर्ने मृतकका हजुर बुवा नन्दललाले बताए । उनले शव बिहीबार घर लैजाने बताए । घटनाममा गोली लागेर अन्य चार जान समेत घाईते भएका थिए । गत चैत ७ गते ईदका दिन महाराजगंजको बर्गदा गाउमा नजाज पढनेक्रममा नजिकै रहेको कालीमन्दिरमा चर्को स्वरमा भजन लगाइएको बिषयमा दुई मुस्लिम समुदाय र हिन्दु समुदायबीच बिवादले उग्ररुप लिएको थियो । सोही दिन महराजगंजको जिग्नाहा चोकमा आक्रोसित युवाहरुले प्रर्दशनकाक्रममा स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज, दर्जनौ राउन्ड अश्रु ग्यास र हवाई फायर सहीत गोली चलाइएको थियो । घटनाका बिषयमा कपिलवस्तु क्षेत्र नम्बर ३ का सांसद अभिषेक प्रताप शाहले सदनमा कुरा उठाएका थिए । यस्तै लुम्बिनी प्रदेश सदस्य द्धय नवराज लामिछाने र अर्जुन केसीले समेत प्रदेश सभाको कुरा उठाएका थिए ।
प्रकाशित: २५ चैत्र २०८२ १९:२६ बुधबार





