पछिल्लो समय प्रहरीकोमा दर्ता हुने उजुरीमा सबैभन्दा धेरै बैंकिङ कसुरका मुद्दाहरू पर्ने गरेको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ महिनामा मात्रै बैंकिङ कसुरमा सबैभन्दा धेरै १ हजार १७ मुद्दा दर्ता भएका छन्। यो कुल मुद्दा दर्ताको २२ दशमलव २९ प्रतिशत हो।
सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध ५६३ अर्थात १२ दशमलव ३४ प्रतिशत मुद्दा दर्ता भएका छन्।
आत्महत्याका ४ सय ९४, लागुऔषधका ४ सय ३६, भवितव्य ज्यानका ३ सय ८०, चोरीका ३ सय ६४ वटा मुद्दा दर्ता भएका छन्।
देशभर ४ हजार ५ सय ६१ मुद्दा दर्ता भएकामा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १ हजार ३ सय ३७ वटा मुद्दा दर्ता भएका तथ्याङ्कले देखाएको छ।
कोशी प्रदेशमा ७ सय ७५, मधेस प्रदेशमा ७ सय ४, लुम्बिनीमा ५ सय ७३, बागमतीमा ३ सय ८८, गण्डकीमा ३ सय ६७, सुदूरपश्चिममा २ सय ५८ र कर्णालीमा सबैभन्दा कम १ सय ५९ वटा मुद्दा दर्ता भएका छन्।
प्रकाशित: १४ फाल्गुन २०८२ १२:१२ बिहीबार





