५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

बैतडीका स्थानीय तह सबल बन्दै, डिलाशैनी–५ को वडा भवन निर्माण

डिलाशैनी गाउँपालिका ५नम्बर वडाकार्यालयले रु ७१ लाखको लागतमा तिलाचौरमा एकतले  भवन निर्माण गरेको छ। गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष यज्ञराज भट्टका अनुसार आफ्नै भवनबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ।   

‘यसअघि भाडाको घरमा कार्यालय सञ्चालन गर्दा आर्थिक भारका साथै एउटै कोठामा सबै फाँट राख्नुपर्ने बाध्यता थियो, अब काम गर्न सहज भएको छ,’ उनले भने,   ’सबै वडा कार्यालयका निम्ति भवन निर्माण गर्ने योजना छ।  

डिलाशैनीका वडा नम्बर १ र २ कार्यालय भवन निर्माण भइसकेको छन्। पालिकाको भवन निर्माणका लागि पनि रु एक करोड २२ लाख बजेट  विनियोजन भएको उनले जानकारी दिए।  

नवनिर्मित वडा कार्यालय भवनबाट सेवा प्रवाह प्रारम्भ भए पनि यही भदौ १६ गते औपचारिक कार्यक्रमका साथ काम थालिने अध्यक्ष भट्टले बताए। 

प्रकाशित: १३ भाद्र २०८२ १०:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App