१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

जेन-जीको प्रदर्शनमा आशिका तामाङ पनि (तस्बिरहरू)

तस्बिर : अमृत थापा/नागरिक

सामाजिक अभियन्ता आशिका तामाङ पनि जेन-जी पुस्ताको प्रदर्शनमा देखिएकी छिन्।

आज जेन-जी पुस्ताले गरेको भ्रष्टाचार, विशेषाधिकार र सरकारको सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको आन्दोलनमा तामाङ देखिएकी हुन्। 

यसैबिच, जेन-जीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु आदेश जारी गरेको छ। सोमबार मध्याह्न साढे १२ देखि लागू हुने गरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्दै संसद् भवनभित्र समेत प्रवेश गरेका थिए। यो सँगै स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको उनीद्वारा जारी सूचनामा उल्लेख छ।

प्रकाशित: २३ भाद्र २०८२ १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App