जेन-जी समर्थकहरुले लहान नगरपालिकाको प्रशासनिक भवनभित्र प्रवेश गरी तोडफोड र आगजनी गरेको छ। सुरक्षाका लागि तायनाथ सशस्त्र र नेपाल प्रहरी पछि हटेपछि प्रदर्शनकारी नगरपालिका भित्र प्रवेश गरी आगजनी गरेको हो।
सैयौंको संख्यामा प्रदर्शन गर्दै आएका जेन जी समर्थकहरु नगरपालिकाको मूल गेटमा तायनाथ सुरक्षाकर्मीहरुलाई पछि हट्न आग्रह गरेपछि उनीहरु पछि हटेका थिए। त्यसपछि आन्दोलनकारीहरुले नगरपालिका भित्र प्रवेश गरी तोडफोड र आगजनी गरिरहेका छन्।
प्रकाशित: २४ भाद्र २०८२ १२:३५ मंगलबार





