२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

तनहुँका सरकारी कार्यालयमा आगजनी र तोडफोड

तनहुँको सदरमुकाम दमौलीस्थित सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएको छ।

व्यास नगरपालिका–३ मा रहेका केही सरकारी कार्यालयमा जेनजी युवाले आज तोडफोड र आगजनी गरेका हुन्।

व्यास नगरपालिका, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, डिभिजन वन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा भवन तथा सवारीमा आगजनी र तोडफोड भएको छ।

बिहानैदेखि सुरु भएको आन्दोलन साँझसम्म पनि जारी छ। प्रदर्शनकारीले व्यास नगरपालिका, आन्तरिक राजस्व कार्यालय, डिभिजन वन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका गाडीहरु जलाएर नष्ट गरेका छन्।

प्रकाशित: २४ भाद्र २०८२ २१:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App