२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

हत्या अभियोगमा पक्राउ

धरान उपमहानगरपालिका–५ देउरालीका ७२ वर्षीय सुरेन श्रेष्ठको हत्या अभियोगमा सोही उपमहानगरपालिका–१५ का वर्षीय भरत विक  पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार आपसी वादविवादको क्रममा भरतले कुटपिट गर्दा गम्भीर घाइते भएका सुरेनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको खबर प्राप्त हुनासाथ उनलाई बिहीबार पक्राउ गरिएको हो।

यसैबीच, चोरी मुद्दाका फरार प्रतिवादी पुतलीबजार नगरपालिका–१४ सतौका ३८ वर्षीय पूर्णबहादुर लामिछानेलाई पक्राउ गरिएको छ। उनलाई फैसला कार्यान्वयनका लागि बिहीबार जिल्ला अदालतमा पेस गरिएको उक्त समाचारकक्षले जनाएको छ।

प्रकाशित: २९ फाल्गुन २०८२ १०:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App