२१ पुस २०८२ सोमबार
image/svg+xml
समाज

झापामा २७ वर्षीया महिलालाई करणी गरेको अभियोगमा एक पक्राउ

झापामा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मेचीनगर नगरपालिका-१३ इलाम रोड बस्ने ४७ वर्षीय दिलिप कुमार यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

दिलिपले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २५ आश्विन २०८२ २१:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App