४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

लुटिएका हतियार अविलम्ब फिर्ता गर्न सेनाको अनुरोध

नेपाली सेनाले जेन-जी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार तथा गोलीगट्ठा सुरक्षा निकायलाई अविलम्ब फिर्ता गर्न अनुरोध गरेको छ।

सैनिक तथा जनसम्पर्क निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै प्रदर्शनको क्रममा लुटिएका हातहतियार, गोलीगट्ठा तथा सुरक्षा सामग्री सुरक्षा निकायलाई बुझाउन अनुरोध गरेको हो।

हतियारको दुरूपयोग भएमा जनधनको क्षति समेत हुन सक्ने जनाउँदै सेनाले कसैसँग फेला पारेमा कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ। साथै विज्ञप्तिमा सुरक्षा निकायका पोशाकहरू पनि अनाधिकृत रूपमा प्रयोग नगर्न अनुरोध गरिएको छ।

प्रकाशित: २५ भाद्र २०८२ १२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App