२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

जुम्लामा भेटिएको सकेट बम सेनाले निष्क्रिय पार्‍यो

जुम्लामा फेला पारेको सकेट बम नेपाली सेनाले निष्क्रिय गरेको छ। दिउँसो १ बजेर ३५ मिनेटमा निष्क्रिय पारेको थियो।नेपाली सेनाको देवीदत्त गणको टोलीले बम डिस्पोजल बनाएको जिल्ला समन्वय जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बताए।

जिल्ला समन्वय समिति जुम्लाको कार्यालय परिसरमा बम फेला परेको थियो। यता जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी असिम हमालले बम नेपाली सेनाले डिस्पोज गरेको बताए ।

बम भेटिएपछि सेनाको टोली बिहानै जिल्ला समन्वय समितिको कार्यालयमा पुगेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि बम भेटिएको स्थानमा पुगेमा थिए ।

शनिबार बेलुकी समन्वय समितिको पर्खाल बनाउने कामदारले सकेट बम फेला पारेका थिए । जिल्ला समन्वय समितिका प्रमुख आचार्यले सकेट बम फेला पर्ने बित्तिकै प्रहरी र सेनालाई खबर गरेको बताए।  

सेनाले बम डिस्पोज गरेपछि कर्मचारीले सुरक्षित महसुस गरेका आचार्यले बताए । यो सकेट बम संकटकालमा माओवादीले छाडेको हुन सक्ने आशंका गरिएको छ ।

प्रकाशित: २२ भाद्र २०८२ १७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App