१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

मनाङको तिलिचो बेश क्याम्पमा फसेका पर्यटकको सशस्त्र प्रहरी बलद्वारा उद्धार

फाइल तस्बिर

मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका ११ जना आन्तरिक पर्यटकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ। सशस्त्रले उनीहरूको आज (शनिबार) बिहान ६ बजे उद्धार गरेको हो।

यसअघि दुई चिनियाँ नागरिक र १३ जना नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातका कारण तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेको खबर प्राप्त भएकोमा दुई चिनियाँ र ११ नेपाली गरी १३ जना मात्र रहेको फेला परेको सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनीहरू अलपत्र परेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उनीहरूको उद्धारका लागि हिजो कार्तिक १४ गते त्यस तर्फ गएको थियो।

पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट पैदल गएको सुरक्षा फौजले शनिबार बिहान ११ नेपालीलाई चामेतर्फ ल्याउँदै गरेको उनले बताए। चिनियाँ नागरिक भने मौसम केही खुलेकाले भ्रमण पूरा गर्ने भन्दै बेश क्याममानै बसेका उनले बताए।

प्रकाशित: १५ कार्तिक २०८२ ०९:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App